Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भन्सार जाँचपास गर्दा ८४ लाख भ्रष्टाचार, भन्सार कार्यालयका प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

चीनबाट आयात गरिएको सामान जाँचपासका क्रममा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी कानुन बमोजिम लिनुपर्ने राजस्व नलिएको भन्दै अख्तियारले भन्सार प्रमुख ताराप्रसाद सापकोटासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले विराटनगरका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासँगै भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेशनलका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेन्ट शरणकुमार खरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

देव इन्टरनेशनलले ल्याएको सामानको जाँचपास गर्ने क्रममा न्यून बिजकीकरण गरी, गुणस्तर फरक पारी कानुन अनुसार लिनुपर्ने राजस्व नलिने र छोड्ने कोशिस गरेको अख्तियारले जनाएको छ ।

तर पछि भन्सार विभागबाट नियमित ताकेता र निगरानी भएपछि आसिकुडा सिस्टममा दर्ता भएको प्रज्ञापनपत्र डिलिट गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

भन्सार विभाग र अर्थ मनलयबाट लगातार फलोअप र छानबिन समिति गठन गरेपछि तत्कालीन भन्सार प्रमुख सापकोटासमेतले पुनः उक्त कम्पनीसँग थप राजस्व रकम लिएको पाइएको अख्तियारको दाबी छ ।

उनीहरुले बनाएको प्रज्ञापनपत्र अनुसार राजस्व निर्धारण भएको भए सरकारलाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सान पर्ने भन्दै अख्तियारले त्यति नै रकम बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077