Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चले भन्यो - प्रसाईंका बडिगार्डले हतियार बोकेको कानूनसम्मत देखियो, आजै छाडिदिनू

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डले हतियार बोकेको विषय कानुनसम्वत रहेको भन्दै तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलेको संयुक्त इजलासले मंगलवार गृह मन्त्रालयको नाममा यस्तो आदेश दिएको हो ।

यही चैत ५ गते दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दाको सुनुवाइ भइरहेका बेला उनका बडी गार्ड दीपक खड्का सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका थिए । ​उनीहरूका साथबाट लाइसेन्स प्राप्त हतियार, त्यसमा लाग्ने गोली बरामद गरिएको थियो ।

लाइसेन्ससहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुका परिवारले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

आदेशमा इजाजत लिएर सर्तसहित हतियार बोकी हिंडेको कार्यलाई प्रचलित कानूनले कसुर गरेको नदेखिएको भनिएको छ । सर्वोच्चले उनीहरुलाई आजै छाड्न भनेको छ।

तर दुर्गा प्रसाईंले पाएको हतियारको इजाजतको अनुमति कानूनसम्मत नभएको भन्दै छानबिन गर्न सर्वोच्चले आदेश पनि दिएको छ ।

यस्तो छ आदेश :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077