Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच मध्यरातमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

गएराति १० बजे प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र देउवाबीच झण्डै १ घण्टा छलफल भएको बताइएको छ ।

भेटमा टीआरसी विधेयक, बैशाख १५ गते हुने उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको स्रोतको दाबी छ।

मंगलबार दिउँसो राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । इलाम २ र बझाङको प्रदेशसभा–१ मा बैशाख १५ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077