Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रविलाई इङ्गित गर्दै गगनले भने - भगवानले ठगे पनि प्रश्न गर्न पाइदैन

परासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै भगवानले ठगे पनि प्रश्न गर्न नपाईने भन्दै व्यग्य गरेका छन्।

पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरामा रहेको बीपी कोइरालाको सालिककमा माल्यार्पण गरेर संवाद यात्रा सुरु गरेका महामन्त्री थापाले रास्वपा नेतृत्वमाथि प्रश्न उठाएका हुन्।

महामन्त्री थापाले रास्वपा नेतृत्वमाथि प्रश्न गर्न नपाउने प्रवृत्ति रहेको टिप्पणी गरे।

महामन्त्री थापाले भने,' नयाँ पार्टीमा पनि त्यस्तै छ। अध्यक्ष भनेपछि भगवान्। भगवान् चाहिँ प्रश्नभन्दा माथि। भगवानले ठगेपनि लुटेपनि माथि हुने। त्यस्तो पार्टी पनि बनाउन मिल्छ। तर, हामीले त त्यस्तो पार्टी नबनाउने भन्यौँ। प्रश्न र छलफल गर्ने पार्टी भनेका छौँ ।'

१३ माघबाट झापाबाट सुरु भएको उनको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो ।

स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो ।

नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गरिने छ । १८ गते संसद बैठक भएकाले संवाद यात्रा १७ गतेसम्म हुने गरी कार्यतालिका बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077