Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देउवा पत्नी आरजुको दिल्लीमा शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतमा सफल शल्यक्रिया गरिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुको भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा शल्यक्रिया गरिएको हो।

आरजुको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको बताइएको छ।

आरजुको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत् जनाएका छन् ।

उनले आफ्नो सफल शल्यक्रिया र उपचारका लागि खटिएका चिकित्सक र मेडिकल टिमलाई धन्यवाद व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077