Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

भक्तपुरको सानोठिमी आर्मी ब्यारेकनेर ओरालोमा नम्बर नखुलेको मोटसाइकलले ठक्कर दिँदा सानोठिमी बस्ने ६२ वर्षीय राम थापाको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापाको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन बेलुकी ७ बजेर २१ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

शव पोष्टमार्टमका लागि केएमसी दुवाकोट अस्पताल राखिएको छ । मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077