Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केही समय पछि कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा

कपिलवस्तु । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन्।

संवाद यात्राका क्रममा कपिलवस्तुको लबनीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । सरकारले नै कांग्रेसलाई पच्छाउने उनले दाबी गरे ।

महामन्त्री थापाले भने,‘भर्खर त गएको हो । एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ ।’

देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको उनले दाबी गरे । एमाले, माओवादी, नयाँ दलले निराशाबाट देशलाई बाहिर निकाल्न नसक्ने महामन्त्री थापाले बताए ।

महामन्त्री थापाले सरकारमा भए पनि नभए पनि देशलाई निकास र भरोसा दिने काम कांग्रेसको भएको बताए ।

२०८२ मा पार्टीको महाधिवेशन हुने उल्लेख गर्दै महामन्त्री थापाले महाधिवेशनबाट पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने बताए ।

मुलुकलाई निराशा चिर्नका लागि पहिला कांग्रेसभित्रको पनि निराशा चिर्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077