Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रविलाई इंगित गर्दै गगन थापाले भने - नयाँ पार्टीका नेताले सहकारी ठग्दा पनि कानुन लाग्दैन कि !

कपिलवस्तु । नेपाली कांग्रेस महामन्त्री गगन थापाले स्वतन्त्र रुपमा सहकारी काण्डको छानबिन हुनुपर्ने बताएका छन् ।

संवाद यात्राका क्रममा कपिलवस्तुको तौलिहवा पुगेका महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले सर्वसाधारणले सहकारीबाट ८० हजार लिए कानुन लाग्ने तर नयाँ पार्टीका ठूला नेताले ८० करोड ठग्दा पनि कानुन लाग्दैन भन्न नमिल्ने बताए।

उनले गृहमन्त्री रवि लामिछाने प्रति इंगित गर्दै स्वतन्त्र रुपमा सहकारी काण्डको छानबिन गर्नु पर्नेमा आफ्नो पार्टीको जोड रहेको बताए।

तर यो प्रकरणमा कांग्रेस चुपचाप बस्नु राम्रो नभएको महामन्त्री थापाको भनाई छ ।

महामन्त्री थापाले अब पार्टी बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077