Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उपत्यकामा १०८ 'घुमुवा प्रहरी' हटाइयो, अब युनिफर्मसहित नियमित ड्युटीमा खटिने !

काठमाडौं । काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोशाक) का प्रहरी हटाइएको छ ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि तीन वटै परिसर, वृत्तहरू, ट्राफिक, विमानस्थल प्रहरी गरी १०८ जना सादा पोशाकका प्रहरीलाई हटाइएको हो ।

गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वाटरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको थियो ।

हेडक्वाटरको परिपत्र आएपछि उपत्यकाका १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077