Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

झापामा फेरि जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा । झापामा फेरि जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका-५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खड्ग माया लिम्बु रहेकी छिन् ।

एक्लै बस्दै आएकी अविवाहित माया छिमेकी पवित्रा बेघाको घरमा त्रिपालको छाना टाटीको बेरा भएको भुइँतले झुप्री कोठामा सुतिरहेको अवस्थामा शुक्रबार मध्यराती ११ः५०मा एउटा हात्ती आएको थियो ।

भाग्ने क्रममा हात्तीले सुँडले मायालाई घिसारी दाहिने खुट्टाको घुँडादेखि मुनि चुटाई छेद विच्छेद गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघि मात्र जिल्लामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077