Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एमाले सांसद पन्तको प्रश्न - नेपाली बजारमा भारतीय ट्रकलाई छुट दिनुपर्ने कारण के हो ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालमा भारतीय ट्रकको ‘सिन्डिकेट’ चलेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ट्रकसँग आबद्ध ८० हजारभन्दा बढी कामदारले काम पाउन छाडेको बताएका हुन् ।

सांसद पन्तले भने,‘भारतमा नेपाली ट्रकले निर्बाध अनुमति पाउँदैनन् । नेपालमा भारतीय ट्रकलाई अनुमति दिनु कति उपयुक्त हो? हाम्रो देशभित्र आउँदा भारतीय ट्रक ७२ घण्टा बस्न पाउँछन् । तीन दिनमा यहाँ आउने मात्रै होइन, समान लोड गरेर भारत पठाउन थाले । सरकारले समात्यो भने तुरुन्त दूतावासको फोन आउँछ र छुटाउँछ।’

नेपाली ट्रकले ढुवानीमा सरकारलाई भ्याट बुझाउने गरेको भन्दै भारतीय ट्रकले नेपाल प्रवेश गर्दा ट्याक्स नतिरेको सांसद पन्तको दाबी छ ।

भारतीय ट्रकले नियम उल्लङ्घन गर्दा पनि प्रहरी प्रशासनले नदेखेजस्तो गरेको उनले बताए । सांसद पन्तले नेपाली बजारमा भारतीय ट्रकले छुट पाएजस्तै भारतीय बजारमा पनि नेपाली ट्रक व्यवसायीहरूले छुट पाउनुपर्ने बताए।

उनले राष्ट्रिय उद्योगमा समस्या खडा हुने अवस्था सृजना भएको भन्दै यस विषयमा सम्बन्धित मन्त्रालयले भारतीय अधिकारीहरूसँग वार्ता गरेर सुल्झाउनु पर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077