Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शिक्षामन्त्री सुमनाको आग्रह - प्राध्यापक र शिक्षक राजनीतिक दलमा आबद्ध भए उजुरी दिनू

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरू कुनै पनि राजनीतिक दलमा आबद्ध भए उजुरी दिन आग्रह गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश जारी गर्दै उनले शिक्षक कर्मचारीलाई दलीय राजनीति नगर्न सचेत गराएकी हुन् । साथै राजनीतिक दलमा आबद्ध पाइएमा उजुरी दिन भनेकी हुन् ।

उनले शिक्षा ऐन, २०२८ दफा १६ (ङ) को उपदफा ५ खण्ड (५) को बुँदा उल्लेख गर्दै बहालवाला शिक्षक कर्मचारी राजनीतिक दलमा आबद्ध भए पदबाट हटाइने प्रावधान उल्लेख गर्दै त्यसो नगर्न सचेत गराइन् ।

त्यस्तै, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को १४ उपदफा २ खण्ड (ग) मा सरकारको स्वामित्वमा रहेको संस्थामा आबद्ध नरहेकालाई मात्रै दलको सदस्यता वितरण गर्नुपर्ने व्यवस्थासमेत उल्लेख गर्दै मन्त्री श्रेष्ठले कानून राम्रो भए पनि कार्यान्वयन फितलो भएको भन्दै त्यसो गरेको पाइएमा उजुरी गर्न आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077