Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको पश्चिम बङ्गालमा भारी वर्षा र आँधी, ठूलो धनजनको क्षति

एजेन्सी । भारतका चार प्रदेशमा भारी वर्षाका कारण ठूलो क्षति भएको छ ।

असाम, पश्चिम बंगाल, मणिपुर र मिजोरममा अचानक आएको आँधी र वर्षाका कारण ठूलो जनधनको क्षति भएको हो ।

पश्चिम बंगालको जलपाईगुडीमा ५ जनाको मृत्यु भएको छ भने करिब पाँच सय जना घाइते भएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।

जसमध्ये कम्तीमा २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गुवाहाटी विमानस्थलको छानाको एक भाग भत्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077