Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नयाँ पुस्तालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका बाबुरामले यस्तो बताएका हुन् ।

उनले यही कारण देशको आर्थिकरसामाजिक रूपान्तरणको काम अधूरै रहेको बताए ।

युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेको उनको भनाइ छ ।

'इतिहासको नियमैअनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए ! देशको आर्थिकरसामाजिक रूपान्तरणको काम अधूरै रह्यो ! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन् । बाबुरामहरूजस्ता केही 'मूर्ख' हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौं र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन् ! तर त्यो अरण्यरोदन बनिरहेछ,' उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077