Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेले बहुमत ल्याए राजनीतिक स्थायित्व हुन्छ : ईश्वर पोखरेल

बारा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले बहुमत ल्याए मात्रै राजनीतिक स्थायित्व कायम हुने दाबी गरेका छन् ।

एमाले बाराको ११ औँ जिल्ला अधिवेशनको कलैयामा उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

उपाध्यक्ष पोखरेलले मिसन ०८४ मा पार्टीले बहुमत प्राप्त गरेपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने दाबी गरे।

राजनीतिक स्थिरता ल्याउने पार्टीको पहिलो प्राथमिकता र संकल्प रहेको उपाध्यक्ष पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077