Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको निर्देशन - कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिनू

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेकै नेतृत्वमा सरकार बनाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रदेश कमिटीलाई निर्देशन दिएका हुन् ।

यसअघि माओवादीका केही नेताले पार्टीले एमालेलाई नेतृत्व छाड्न नहुने अडान राख्दै आए पनि पार्टीले एमालेलाई मुख्यमन्त्री दिने सहमति भएकाले सोहीअनुसार गर्न प्रदेश कमिटीलाई सर्कुलर पठाएको हो ।

कर्णालीमा हाल माओवादी केन्द्रका राजकुमार शर्माको नेतृत्व छ । उनले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । कर्णाली प्रदेशसभामा ४० सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077