Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईपीएलमा मुम्बईको लगातार तेस्रो हार, राजस्थान ६ विकेटले विजयी

    आईपीएलमा मुम्बईको लगातार तेस्रो हार, राजस्थान ६ विकेटले विजयी

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 627
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग पराजित भएको छ । राजस्थानले मुम्बईविरुद्ध ६ विकेटको जित निकालेको हो ।

    टस जितेर पहिले फिल्डिङ रोजेको राजस्थानका बलहरूहरू उत्कृष्ट प्रदर्शन गरेका थिए । राजस्थानको कसिलो बलिङका अगाडि मुम्बई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२५ रनमा समेटियो ।



    १२६ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले ४ विकेटको क्षतिमा १५.३ ओभरमा ४ विकेट गुमाउँदै १२७ रन बनाएर लक्ष्य पूरा गर्‍यो ।



    आईपीएलको जारी सिजनमा मुम्बईको यो तेस्रो पराजय हो । खेलेका तीनमध्ये सबैमा हार व्यहोरेको मुम्बई अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार