Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ढोलाहिटी हत्या प्रकरण : फरार रहेका गुरुङले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न एक आरोपितले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

हत्यापछि फरार रहेका तेह्रथुमका राजु गुरुङले आज जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसपर्मण गरेका हुन् । फागू पूर्णिमाको राति होटलमा मदिरा खाने दुई समूहबीच झडप हुँदा दुई युवकको हत्या भएको थियो ।

उक्त घटनामा यसअघि नै प्रहरीले ४ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

यसअघि पक्राउ पर्नेहरुमा खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भइ ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राई, साकेला गाउँपालिका–२ रतन्छाका घर भइ ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण घर भइ ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई छन् ।

[insert page='281513' display='yopanipadhnuhos.php']

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको हत्या भएको थियो ।डी पोपिना खाजाघरमा दुई पक्षबीच विवाद हुँदा चक्कु प्रहारबाट उनीहरुको हत्या भएको थियो ।

डी पोपिनाका तीन सञ्चालकमध्ये एक विजय राई घटनाका मुख्य अभियुक्त रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यापछि राईलाई मोटरसाइकलमा राखेर भगाउन हाल पक्राउ परेका राजु गुरुङले सहयोग गरेका थिए ।

भगाउन प्रयोग भएको मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । अहिले पक्राउ परेकासहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाईने जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077