Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ठमेलबाट पक्राउ परेका माओवादी नेता खामलाई चितवन लगिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई चितवन जिल्ला अदालतको जिम्मा लगाउने तयारी गरिएको छ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार ठमेलबाट पक्राउ परेका खामलाई चितवन पठाउन लागिएको हो। खामलाई बुधबारसम्म चितवन जिल्ला अदालत बुझाइने स्रोतले बतायो ।

खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलबाट पक्राउ गरेको थियो । व्यापारी रामहरी श्रेष्ठको अपहरण र हत्या अभियोगमा खाम फरार थिए ।

सोही कारण उनको मुद्दा चितवन अदालतले मुल्तवीमा राखेको थियो । खामलाई अदालत बुझाइएपछि मुद्दाको कारबाही प्रक्रिया अगाडि बढ्ने छ ।

कोटेश्वर बस्ने  श्रेष्ठको हत्यामा उनी संलग्न रहेको आरोप छ । २०६५ वैशाख २८ मा नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो । चितवनको शक्तिखोरमा जनमुक्ति सेना ‘तेस्रो डिभिजन’को कार्यालय थियो ।

सो डिभिजनका कमाण्डर थिए कालीबहादुर खाम । डिभिजनको सम्पर्क कार्यालय कोटेश्वर स्थित रामहरि श्रेष्ठको घरमा भाडामा राखिएको थियो।

सम्पर्क कार्यालयबाट २०६४ चैत १४ मा हतियार र १७ लाख रुपैयाँ नगद चोरी भएको विषयमा छानबिनको नाममा श्रेष्ठको हत्या भएको थियो ।

शव नारायणीमा भेटिएपछि श्रेष्ठकी पत्नी रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077