Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एमाले सांसद पन्तको प्रश्न - ठमेलको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौंको जुद्धोदय माविको करोडौँको भाडा कसले खाइरहेको छ भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले जुद्धोदय माविको भाडाबारे काठमाडौं महानगरपालिका र अख्तियारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद पन्तले तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले स्थापना गरेको जुद्धोदय माविको अहिले बेहाल भएको बताए ।

सांसद पन्तले भने, ‘ठमेलमा ठुलो दरबार जत्रो जुद्धोदय स्कुल थियो जहाँ मैले पढेको थिएँ । त्यो बिल्डिङ गयो, त्यसको ठाउँमा नयाँ बिल्डिङ बनायो, कमिसन र ठेक्कामा त्यहाँको हेडमास्टरले बदमासी गरेर अहिले सानो कुनामा स्कुल थन्किएको छ । महिनाको करोडौँको भाडा कसले खाइरहेको छ पत्तो छैन ।’

उनले त्यसको छानबिनका लागि महानगरपालिकामा निवेदन समेत दिइएको तर अहिलेसम्म छानबिन नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077