Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कांग्रेसले बुधबार पनि छान्न सकेन उम्मेदवार, तीन घण्टा बसेको बैठक निष्कर्षविहीन

    कांग्रेसले बुधबार पनि छान्न सकेन उम्मेदवार, तीन घण्टा बसेको बैठक निष्कर्षविहीन

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 543
    SHARES

    काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको बैठक आज पनि निष्कर्षविहीन बनेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म बसेको बैठक पनि निष्कर्षविहीन बनेको हो ।



    सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रचार विभाग विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आकांक्षी धेरै भएकाले उम्मेदवार टुंगो लगाउन नसकेको बताए ।



    उनले बिहीबार बस्ने बैठकले उम्मेदवारको टुंगो लगाउने दाबी गरे । बैठक भोलि ९ बजेलाई बोलाइएको विश्वकर्माले जानकारी दिए ।

    इलाम– २ मा प्रतिनिधिसभा उम्मेदवारका लागि डम्बरबहादुर खड्का र बझाङ प्रदेशसभा–१ का लागि अभिषेक सिंहलाई पार्टी सभापति देउवाले उम्मेदवार बनाउन खोजेका छन् भने शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले इलाम– २ भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।

    मंगलबार बसेको बैठक पनि बिना निष्कर्ष सकिएको थियो । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ तर्फ उपनिर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार