Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • गायक राजेशपायलसहित तीनजना कलाकार पक्राउ

    गायक राजेशपायलसहित तीनजना कलाकार पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीलाई सरुवा गर्ने धम्की दिएपछि गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई पक्राउ गरिएको हो ।



    मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले त्यहाँ पुगेर होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएको बताइएको छ ।



    त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँचजना पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई अहिले प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार