Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गायक राजेशपायलले गरे पत्नीसँग डिभोर्स

    गायक राजेशपायलले गरे पत्नीसँग डिभोर्स

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । गायक राजेशपायल राईले पत्नी साङबुङ राईसँग सम्बन्ध विच्छेद गरेका छन् ।

    गायक राजेशपायल र पत्नी साङबुङबीच चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको हो।



    न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको अदालत स्रोतले बतायो ।



    गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । तर कुन समझदारीमा दुईबीच सम्बन्ध बिच्छेद भयो, त्यो अदालतले खुलाएको छैन ।

    यी दुईबाट दुईवर्षे एक सन्तान छन् । २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो ।

    राजेशपायलले नक्सालमा रहेको आफ्नो घर साङबुङलाई दिएका छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् ।

    यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् ।

    गायक राजेशपायल राई आज रक्सी खाएर होहल्ला गरेको आरोपमा पक्राउ परेर छुटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार