Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेसी बिना इन्टर मियामी पराजित

एजेन्सी । उत्तर अमेरिकी (कोनकाकाफ) च्याम्पियन्स कपअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इन्टर मियामी पराजित भएको छ ।

चेस स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा घरेलु टोली मियामी मोन्टेरेसँग २-१ गोलअन्तरले पराजित भएको हो ।

मोन्टेरेको जितमा म्याक्सिमिलियानो मेजा र जर्ज रोड्रिगेजले एक/एक गोल गरे। मियामीका लागि थोमस एभिल्सले गोल फर्काए ।

यस खेलमा पनि लियोनेल मेसी खेलेका थिएनन् । इन्जुरीका कारण मेसी पछिल्ला खेलहरुमा मैदान बाहिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077