Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ओमानबाट रोजगारी गरेर ४ दिनअघि घर फर्किएका युवकले गरे श्रीमतीको हत्या

झापा । झापामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको बाह्रदशी गाउँपालिका १ मा आज बिहान बिहान ६ः३० बजेको समयमा ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् ।

राजवंशी वैदेशिक रोजगारीबाट विदामा चार दिनअघि मात्र घर आएको बुझिएको छ ।

उनी रोजगारीका लागि ओमान गएका थिए । मृतक ममसरी भने दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसा गर्दै आएकी थिइन् ।

घटनापछि खुकुरीसहित राजवंशीलाई पक्राउ पक्राउ गरेको छ । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077