Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल गर्दै कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल थालेका छन् ।

सभापति देउवाको निवास बुढानीलकण्ठमा बिहान साढे १० बजेबाट उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल थालेका हुन् ।

आगामी वैशाख १५ मा इलाम २ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनको उम्मेदवार टुंग्याउन कांग्रेसलाई सकस परेको छ ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेका अनुसार छलफलमा पार्टीका शीर्ष नेताका साथै उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरू सहभागी छन् ।

एमाले, रास्वपा, राप्रपा, एकीकृत समाजवादी जनमत लगायतका दलले उम्मेदवारी टुंग्याएर प्रचार थालेपनि कांग्रेस नेताहरु आन्तरिक लफडामा फसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077