Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भोकमरी र बाढीका कारण मानवीय संकटको सामना गर्दै दक्षिणी अफ्रिका

    भोकमरी र बाढीका कारण मानवीय संकटको सामना गर्दै दक्षिणी अफ्रिका

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 351
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिणी अफ्रिकामा ठूलो खडेरी र बाढीका कारण लाखौँ मानिसले भोकमरी, कुपोषण र पानीको अभावको सामना गरिरहेको छ ।

    सहायता समूह अक्सफामले जारी गरेको गम्भीर चेतावनीमा दुई करोड ४० लाख मानिस प्रभावित भएको र अवस्था ‘अकल्पनीय मानवीय सङ्कट’ मा परिणत हुनसक्ने विज्ञहरूलाई डर भएको उल्लेख छ ।



    प्रशान्त महासागरमा उत्पन्न हुने प्राकृतिक जलवायु घटना अल निनोका कारण प्रचलित खडेरी अझ तीव्र भएको छ ।



    अल निनोले दक्षिणी अफ्रिकामा उच्च तापक्रम र कम वर्षा ल्याउँछ । यसले सुक्खाको स्थिति बढाउँछ । वर्षा हुँदा सुक्खा जमिनले बाढीको खतरा बढाउँछ ।

    मुख्यरूपमा जीवाश्म इन्धन उत्सर्जनबाट सञ्चालित अल निनोले व्यापक जलवायु सङ्कटका प्रभावहरूलाई बढाउँछ ।

    सिएनएनका अनुसार यो सङ्कटले दक्षिणी अफ्रिकामा खडेरी र बाढीसहित बारम्बार थप गम्भीर मौसमी घटनाहरू निम्त्याउँछ । यसलाई अक्सफामले ‘जलवायु प्रकोप हटस्पट’ भनेर चिनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार