Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ललितपुरको सिक्मा मेटल कारखानामा आगलागी

काठमाडौं । ललितपुर जिल्लाको हात्तिवनस्थित एक कारखानामा आगलागी भएको छ ।

ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको हो ।

आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न सकेको छैन ।

यसका सञ्चालक कृष्ण लेत्फे र भीम लेत्फे रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077