Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यकर्तालाई कांग्रेस सभापति देउवाले भने - कम्मर कसेर लाग्नुस्, अब एक्लै बहुमत ल्याउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कांग्रेस काठमाडौं क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् । उनले पार्टीभित्र एकता कामय राख्न आग्रह गरे ।

अब पार्टीभित्र एक भएर एक्लै बहुमत ल्याउनुपर्ने अवस्था भएको सभापति देउवाले बताए ।

सबै साथीहरु एकजुट भएर पार्टीलाई बहुमत ल्याउने प्रयास गर्नेमात्रै होइन, कम्मर कसेर लाग्न समेत सभापति देउवाले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077