Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रहरीमा पुग्यो एमाले नेता महेश बस्नेतविरुद्धको बलात्कार उजुरी

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई बलात्कार गरेको र पटकपटक गर्भपतन गराएको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी छन्।

नेता बस्नेतविरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो । एक युवतीले नेता बस्नेतलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएकी हुन् ।

केहीसमय अघि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। प्रहरीमा जाहेरी अघि नबढाएको भन्दै उनी सुरूमा सरकारी वकिल कार्यालय काठमाडौंमा गएकी थिइन्।

पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077