Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भ्रष्टाचारविरुद्ध कार्ययोजना बनाउने लुम्बिनीका मुख्यमन्त्री महराको पहिलो निर्णय

    भ्रष्टाचारविरुद्ध कार्ययोजना बनाउने लुम्बिनीका मुख्यमन्त्री महराको पहिलो निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 333
    SHARES

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् ।

    बुटवलस्थित प्रदेश प्रमुखसँग शपणग्रहणपश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन् ।



    मुख्यमन्त्री महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्।



    मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्टाचार निवारण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवम् विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ।

    यो कार्यदलले २ महिनाभित्र कार्ययोजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नेछ । मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    लुम्बिनी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रुपमा नियुक्त महरासँगै आइतबार अन्य तीन जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् ।

    नवनियुक्त मन्त्रीको जिम्मेवारी चाँडै तोकिने र एक महिनाभित्र सरकारलाई पूर्णता दिनेगरी आफूले पहल लिएको मुख्यमन्त्री महराले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार