Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • आज विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा

    आज विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 357
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन् ।

    दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् ।



    पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमत पुर्‍याएका माओवादी केन्द्र संसदीय दलका नेता महरालाई विश्वासको मत दिन साना दलले विभिन्न शर्त राखेका छन् ।



    ८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार