Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वनमा लागेको डढेलो निभाउने क्रममा चार सैनिक घाइते

डोल्पा । डढेलो निभाउने क्रममा ४ जना नेपाली सेना घाइते भएका छन् ।

डोल्पाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदयिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा ४ जना घाइते भएका हुन् ।

आइतबार दिउँसोदेखि वनमा लागेको आगो अत्याधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।

हावाहुरीका कारण सोमबार दिउँसो फेरि सुरु भएको आगलागी नियन्त्रण गर्न गएका देवीदत्त गुल्मका ४ जना सेना आगो निभाउने क्रममा घाइते भएका हुन् ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको डोल्पा प्रहरीले जनाएको छ ।

आगलागीमा परि घाइते हुनेमा ३० वर्षीय विजय कोईराला, ३८ वर्षीय केसर बहादुर दर्जा मगर, २३ वर्षीय अशिस बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् ।

घाइते भएकाहरुको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077