Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेलले दाबी पेस गर्दै

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आज एमाले संसदीय दलका नेता यामलाल कँडेलले दाबी गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले यही चैत २१ गते राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

उनले बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आज साँझ ५ः५० बजेभित्र समय दिएका छन् ।

शर्माले राजीनामा दिएपछि एमाले संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

कँडेलले आज प्रदेश प्रमुखले दिएको समयसीमा भित्रै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दैछन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ ।

नयाँ सत्ता गठबन्धनमा रहेका नेकपा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीको १ सिट रहेकाले सहज बहुमत पुग्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077