Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठन गर्नैपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताए।

सभापति देउवाले भने,‘रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन् । लाखौं ठगिएका छन् । न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ । संसदीय छानबिन समिति बन्नै पर्छ।’

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदमा प्रश्न गरिरहेको छ ।

कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077