Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलले नियुक्त भएका छन्।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सत्ता साझेदार एमाले र माओवादी केन्द्रबीचको सहमतिका आधारमा कँडेलले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए ।

कर्णालीमा सरकार गठनका लागि २१ जना सांसद्‌को आवश्यकता पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077