Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • डढेलो निभाउन जाँदा घाइते भएका तीन सैनिकको मृत्यु

    डढेलो निभाउन जाँदा घाइते भएका तीन सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु भएको छ ।

    डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो ।



    चैत २५ गते चार जना सैनिकहरू घाइते भई जिल्ला अस्पताल डोल्पामा उपचारका लागि लगिएकोमा एक जनाको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।



    बाँकी तीन जना घाइतेहरुलाई नेपाली सेनाको हवाई साधन मार्फत काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएकोमा दुई जनाको उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    यस्तै एक जनाको भने सोही अस्पतालमा उपचार जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार