Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्यु

    कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 22.8K
    SHARES

    काठमाडौं । शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ एक नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।

    नरसिंहदल गण शान्ति सेना २९औँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार मृत्यु भएको हो ।



    खोटाङको फक्टाङ्ग गाउँपालिका वडा नं.८ निवासी राई उक्त गण अन्तर्गत टयाक्टिकल अपरेटिङ बेस जिनामा कार्यरत रहँदा विरामी भएका थिए ।



    उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित मोरोक्कन लेभल-२ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    स्वर्गीय राईको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार