Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ड्युटीमा रहेकी सैनिकद्वारा गाेली हानी आत्महत्या

    ड्युटीमा रहेकी सैनिकद्वारा गाेली हानी आत्महत्या

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 2.5K
    SHARES

    फाइल फोटो

    कपिलवस्तु । कपिलवस्तुको शमशेरदल गणमा कार्यरत एक २४ वर्षीया सैनिकले आफैँलाई गाेली हानी आत्महत्या गरेकी छन् ।

    सैनिक कोपिला राजवंशीले ड्युटीमा रहेको समयमा आफैले बोकेको एम १६ राइफलले आफ्नै छाती र पेटमा दुईवटा गोली हानेर आत्महत्या गरेकी हुन् ।



    कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो।



    शाहका अनुसार उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकोप्टर नआएकाले भैरहवामै उनको उपचार गरिएको थियो । घटनाकाेबारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया सैनिक जवान राजवंशी अविवाहित हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार