Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वडाध्यक्षको दबाबले सर्वसाधारणले आत्महत्या गरेको आरोप

    वडाध्यक्षको दबाबले सर्वसाधारणले आत्महत्या गरेको आरोप

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका १ स्थित सापिङका ६८ वर्षीय उडेन्द्रबहादुर पन्तको शव आठ दिनदेखि अस्पतालको मुर्दाघरमा राखिएको छ ।

    ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दिएको जाहेरी दर्ता नगरी प्रहरी आफैँ वार्ता गराइरहेको छ ।



    ‘बुबालाई आत्महत्या गर्न बाध्य पार्नेहरू विरुद्ध किटानी जाहेरी दिएका छौँ,’छोरा शेरबहादुर पन्तले भने,’प्रहरी जाहेरी दर्ता नगरी दिन दिन वार्ता भन्दै टारिरहेका छौँ । जाहेरी दर्ता नगरी शव बुझ्दैनौँ।’



    भुम्लु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ४५ वर्षीय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्ष ४२ वर्षीया दानकुमारी महत खत्री र ४६ वर्षीया ताराबहादुर पन्त विरुद्ध पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए ।

    जाहेरी फिर्ता लिन पीडितलाई दबाब दिन आइतबार पनि धुलिखेलमा वार्ता गराइएको छ। २०८० असार १० गते विहान ६ बजे भुम्लु गाउँपालिकाको सापिङ्ग स्थित उर्लेनीमा ठडेन्द्रबहादुर पन्तले रूखमा भुण्डिएर आत्महत्या गरेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार