Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ऋणको भार थेग्न नसक्दा सहकारीका म्यानेजरले गरे आत्महत्या

    ऋणको भार थेग्न नसक्दा सहकारीका म्यानेजरले गरे आत्महत्या

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 1.1K
    SHARES

    पोखरा । पोखरामा एक सहकारीका व्यवस्थापकले आत्महत्या गरेका छन् ।

    पोखरा महानगरपालिका– ९ शिवटोलमा रहेको डल्फिन सहकारीका व्यवस्थापक लेखुराम खातीले आत्महत्या गरेका हुन् ।



    आइतबार सहकारीको बैठक सकेर घर गएका उनी राती मृत फेला परेका हुन् । उनी झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।



    उनी चार महिनाको छोरा र एक छोरीका पिता हुन् ।

    सहकारीको आर्थिक अवस्था नाजुक बन्दै गएपछि सञ्चालक समिति र बचतकर्ताले रकम जुटाउन चर्को दबाब दिएपछि घटना भएको हुन सक्ने बताइएको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार