Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • शरीरमा आफैँले आगो लगाएकी युवतीको मृत्यु

    शरीरमा आफैँले आगो लगाएकी युवतीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 819
    SHARES

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठले आफ्नो जिउमा पेट्रोल छर्की आफैँले आगो लगाएकी हुन् ।



    रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर भएर भएकी शान्ति चन्द्रागिरि नगरपालिका–९ मा डेरामा बस्थिन् । श्रीमानसँग बस्ने शान्तिले शुक्रवार दिउँसो पौने ३ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।



    उपचारको क्रममा शनिबार बिहान ३ बजेर २० मिनेटमा कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । श्रीमान् मोहनकुमार प्यारालाइसिसका बिरामी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार