Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पौडी खेल्ने क्रममा मर्स्याङ्दीमा एक जना बेपत्ता

    पौडी खेल्ने क्रममा मर्स्याङ्दीमा एक जना बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 336
    SHARES

    लमजुङ । पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीले बगाउँदा लमजुङमा एक जना बेपत्ता भएका छन् ।

    जुम्लाको सिंजा गाउँपालिका-१ घर भएका नन्दबहादुर आचार्यलाई मर्स्याङ्दीले बगाएको हो ।



    मंगलबार दिउँसो आचार्यलाई मर्स्याङ्दीले बगाएको उनका साथीहरुले बताएका थिए।



    सुन्दरबजार नगरपालिका ९ भोटेओडारको फूलबारी नजिकै मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    प्रहरीले आचार्यसँगै उनका साथीहरु सिंजा गाउँपालिका १ घर भएका ३४ वर्षीय पूर्णबहादुर राउत, ४२ वर्षीय जनक राउत र ४१ वर्षीय नन्दबहादुर शाहीसमेत मर्स्याङ्दीमा गएका थिए ।

    प्रहरीका अनुसार आचार्यले मादक पदार्थसमेत सेवन गरेका थिए । जुम्लाबाट आएका उनीहरु गलैंचा बिक्री गर्दै हिँड्ने क्रममा फूलबारी क्षेत्रमा आएर बसेका थिए ।

    उनीहरु खाना खाएपछि पौडी खेल्न मर्स्याङ्दीमा गएको र पौडी खेल्ने क्रममा बगाएको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार