Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बञ्चरोको पासोले हानेर बाबुको हत्या गर्ने छोरा २० वर्षपछि पक्राउ

    बञ्चरोको पासोले हानेर बाबुको हत्या गर्ने छोरा २० वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1.3K
    SHARES

    लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले आफ्नै बाबुको हत्या अभियोगमा एक व्यक्तिलाई २० वर्षपछि पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जिल्लाको राइनास नगरपालिका– ४ का ४१ वर्षिय चन्द्रप्रसाद पराजुली रहेका छन्।



    गत २२ कार्तिकमा घरबाटै पक्राउ परेका पराजुलीलाई जिल्ला अदालतको आदेशले शुक्रबार पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार चन्द्रप्रसादले २०५८ मङ्सिर १ गते आफ्नै ५५ वर्षिय बुबा खगेश्वर पराजुलीलाई बञ्चरोको पासोले हानेर गरी हत्या गरेका थिए।

    खगेश्वरको शव मंसिर ३ गते घरकै गोबरग्यासको ट्याङ्कीमा फेला परेको थियो।

    चन्द्रप्रसादले घरायसी विवादमा बाबुको हत्या गरी उनको शवलै गोवर ग्यासको सेफ्टी ट्यांकीमा लुकाई फरार भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार