Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • चिर्पटले हानेर बुबाको हत्या, छोरा पक्राउ

    चिर्पटले हानेर बुबाको हत्या, छोरा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 375
    SHARES

    रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा छोराले दाउराको चिरपटले हानेर बाबुको हत्या गरेका छन् ।

    घरायसी विवादमा चन्द्रपुर नगरपालिका– ६ का ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका हुन् ।



    राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा नीरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।



    घरायसी विवादका क्रममा छोरा प्रकाशले चिरपटले बुवा निरकुमारलाई आक्रमण गरेका थिए । टाउको र निधारमा गम्भीर चोट लागेका निरकुमार उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    छोरा प्रकाशले मादक पदार्थ सेवन गरेर बुबामाथि आक्रमण गरेको प्रहरीको भनाइ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार