Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रेसर कुकरले हानेर बाबुको हत्या, दुई छोरा पक्राउ

    प्रेसर कुकरले हानेर बाबुको हत्या, दुई छोरा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । आफ्नै बाबुको हत्या गरेको आरोपमा दुई छोरा पक्राउ परेका छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंको कीर्तिपुरमा बाबुको हत्या गरेको आरोपमा दुई छोराहरुलाई पक्राउ गरिएको हो।



    पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका–६ पाण्डेछाप बस्ने मृतकका माहिलो छोरा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कान्छो छोरा कृष्ण महर्जन रहेका छन्। उनीहरुले बिहीबार साँझ बुवालाई प्रेसर कुकर र लोहोरोले टाउकोमा हानेर हत्या गरेको एसपी मैनालीले बताए।



    पक्राउ परेका उनीहरु माथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद- १२ को ‘ज्यान सम्बन्धी कसूरमा प्रहरी बृत्त कीर्तिपुरबाट थप अनुसन्धान
    भइरहेको एसपी मैनालीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार