Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

    आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरेको छ ।

    प्रहरीले पोखरा महानगरपालिका-७ घारिपाटन बस्ने ८५ वर्षीय जित बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा ४८ वर्षीय अनिल परियारलाई बुधबार बिहान पक्राउ गरेको हो।



    प्रहरीका अनुसार अनिलले सोमबार बेलुकी सामान्य विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएका जित बहादुरको पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार