Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कुटपिट गरी बुवाको हत्या, छोरा पक्राउ

    कुटपिट गरी बुवाको हत्या, छोरा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    नवलपरासी । आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।



    उनले ५० वर्षीय बुबा शंकर यादवलाई कुटपिट गरेका थिए । कुटपिट पछि गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार