Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाको बैठक बस्दै, मुख्य कार्यसूची उपाध्यक्षको निर्वाचन !

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले सदस्य विष्णुदेवी पुडासैनीलाई र भगवती न्यौपानेले विमला घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

अध्यक्ष नारायणप्रसाद दाहालले दुवै प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने पनि कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077