Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तस्बिरमा हेर्नुहोस् जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी

जनकपुर । मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज देखि शुरु भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सुरक्षा गोष्ठी शुरु भएको हो ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, विपत् व्यवस्थापन, मिटर व्याजको समस्या सहितको विषयमा ८ वटै जिल्लाका सुरक्षा अधिकारीहरुले जिल्लाको अवस्थाका विषयमा छुट्टा छुट्टै प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सुरक्षा गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, अर्थमन्त्रालयका सचिव कृष्णहरि पुष्कर सहित चार वटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ ।

यसै गरि प्रदेशका सुरक्षा प्रमुखहरूको पनि सहभागिता रहेको छ ।

धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा तथा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरीका उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा नेपाली सेनाका सुरक्षा अधिकारीहरू उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077